आजको राशिफल : कर्कट उत्तम, तुला लाभदायक

नौलो समाचार संवाददाता
२०७७ बैशाख २१, आईतबार मा प्रकाशित ३८४ पटक पढिएको
आजको राशिफल : कर्कट उत्तम, तुला लाभदायक

वैशाख २१ गते आइतबार

मेष : दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । बौद्धिक काम हुनेछ । शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ ।

वृष : दिन प्रतिकूल रहनेछ । उच्च खर्च र बड्प्पनले असर पार्नेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । महŒवपूर्ण कामको आशा  नगर्नु बेस हुनेछ ।

मिथुन : दिन सार्थक रहनेछ । सशक्त निर्णय र कार्यान्वयन हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कीर्ति फैलिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कर्कट : दिन उत्तम रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । स्वास्थ्य अनुकूल रहनेछ ।

सिंह : दिन भाग्योदयकारक रहनेछ । व्यक्तित्व विकास हुनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । उपयुक्त अवसर मिल्नेछ ।

कन्या : दिन प्रतिकूल रहनेछ । उच्च खर्च हुनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । आँटेको काम बन्न कठिन हुनेछ ।

तुला : दिन लाभदायक रहनेछ । आत्मोनति हुनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आम्दानी प्रशस्त हुनेछ । मन प्रसन्न रहनेछ ।

वृश्चिक : दिन उत्तम रहनेछ । बुद्धि विकास हुनेछ । विषयगत क्षेत्रमा प्रभाव बढ्नेछ । आदर सत्कार मिल्नेछ । कामप्रति जाँगर चल्नेछ ।

धनु : दिन उचित रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । दानुण्यले मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग पाइनेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । आफन्तमा कुनै अप्रिय घटना घट्नसक्छ । होशियार हुनु पर्ने देखिन्छ  । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कुम्भ : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सहज रहनेछ ।

मीन : दिन उत्तम खालको रहनेछ । शत्रु परास्त हुनेछन् । आटे ताकेको काम सजिलै बन्नेछ । मावलीबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस