नेपालगन्जमा व्यापक संक्रमण देखिएपछि देशभर बनाइयो लकडाउन अझ कडा

नौलो समाचार संवाददाता
२०७७ बैशाख २२, सोमबार मा प्रकाशित १२३७ पटक पढिएको
नेपालगन्जमा व्यापक संक्रमण देखिएपछि देशभर बनाइयो लकडाउन अझ कडा

बैशाख २२, काठमाडौं । बाँकेको नेपालगन्जको एकै टोलमा एकै दिन १५ जनालाई कोरोना संक्रमण देखिएपछि देशभर लकडाउन अझ कडा पारिएको नेपाल प्रहरीले जनाएकाे छ।

नेपालगन्जमा आइतबार यति धेरै संख्यामा कोरानो संक्रमित फेला परेपछि त्यहाँबाट देशका अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भएकाले लकडाउडन अझ कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी नीरज शाहीले जानकारी दिए।

लकडाउन कडाइ गर्ने प्रमुख जिम्मेवारी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको भएको उल्लेख गर्दै प्रवक्ता शाहीले भने, ‘हामीले दुई किसिमले लकडाउनमा कडाइ गरेका छौं। एउटा स्थानीय पालिकाबीच र अर्काे जिल्लाबीचको संयन्त्रको समन्वयमा अाजबाट लकडाउन कडा पारेका हौं

प्रतिक्रिया दिनुहोस