२०७७ वैशाख २३ गते मंगलबार ।
मेष : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । दीर्घकालीन कार्ययोजना सफल हुनेछ । मावलीबाट सहयोग मिल्नेछ ।
वृष : दिन उचित रहनेछ । बौद्धिक काम हुनेछ । आत्मबल बढ्नेछ । कामप्रति तीव्रता थपिनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । बढी जोखिममूलक काम नगर्नु उपयुक्त हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ ।
कर्कट : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । यश, कीर्ति मिल्नेछ ।
सिंह : दिन अनुकूल रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । अर्थोपार्जन हुनेछ । शरीर स्वस्थ हुनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।
कन्या : दिन भाग्यवर्धक रहनेछ । आत्मबल विकसित हुनेछ । भाग्यवर्धक कार्यसिद्धि हुनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।
तुला : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
वृश्चिक : दिन उत्कृट रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बुद्धि विवेक सार्थक रहनेछ । पुराना मित्रसँग भेटघाट हुनेछ ।
धनु : दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । कामप्रति रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।
मकर : दिन ठिक रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । दानपुण्यले मन प्रसन्न हुनेछ ।
कुम्भ : दिन प्रतिकूल खालको रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।
मीन : दिन अत्युत्तम रहनेछ । सन्तानबाट सहयोग मिल्नेछ । अत्यन्त सहज र सुखद यात्रा हुनेछ । व्यवसाय फस्टाउनेछ ।
प्रतिक्रिया दिनुहोस