प्रधानमन्त्रीसहित उच्चस्तरीय समिति बैठक बालुवाटारमा, लकडाउनको मोडालिटीबारे निर्णय हुने

नौलो समाचार संवाददाता
२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित ३२५ पटक पढिएको
प्रधानमन्त्रीसहित उच्चस्तरीय समिति बैठक बालुवाटारमा, लकडाउनको मोडालिटीबारे निर्णय हुने

बैशाख २३, काठमाडौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले थपेको लकडाउनको पछिल्लो म्याद सकिन दुई दिन बाँकी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय समितिको बैठक अाज (मंगलबार) साँझ बालुवाटारमा चलिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा उच्चस्तरीय समितिका सदस्यसहित सबै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक बालुवाटारमा बसेको यो दोस्रोपटक हो।

लकडाउन ४३ औँ दिनमा चलिरहँदा अब हुने लकडाउनको मोडालिटी कस्तो हुने भन्नेबारे देशभरि नै जिज्ञासा छ।

समितिले गर्ने सिफारिसका आधारमा सरकारले निर्णय गर्दछ। सरकारले चैत ११ यता देशब्यापी लकडाउन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस