काभ्रे सहित देशका मध्य क्षेत्रमा असिना पानी

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ६६८ पटक पढिएको

काभ्रे सहित देशका मध्य क्षेत्रमा असिना पानी

बैशाख २५, काभ्रे । काभ्रे सहित देशका मध्य क्षेत्रका विभिन्न स्थानमा चट्याङ्ग तथा हावाहुरीसहित असिना–पानी परेको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण बदली तथा वर्षा भएको मौसमविदल विभूति पोखरेलले बताएकी छन् ।

अाज (बिहीबार) बिहान पश्चिमतिर हावाहुरीसहित वर्षा भएकामा अहिले काठमाडौँ उपत्यकासहितका मध्य क्षेत्रमा पानी परेको हो । मौसमी प्रणाली पूर्वतिर लाग्ने क्रममा रहेकाले दिउँसो पूर्वका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

दिनभरिजसो नै देशभरको मौसम बदली रही विभिन्न क्षेत्रमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस