काभ्रेमा उद्योगहरुको अनुगमन गर्न अनुगमन समिति गठन

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ३४६ पटक पढिएको

काभ्रेमा उद्योगहरुको अनुगमन गर्न अनुगमन समिति गठन

बैशाख २९, काभ्रे । काभ्रेमा उद्योगहरुको अनुगमन गर्न उद्याेग अनुगमन समिति गठन गरिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रले काभ्रेमा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै अनुगमन समिति गठन गरिएको हो ।

उद्योग अनुगमन समितिले कोभिड–१९ सँग सम्बन्धित न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन गरे/नगरेको हेर्ने छ । त्यस्तै अनुगमन समितिले उद्योगभित्र काम गर्ने कामदानहरुको आवास ब्यवस्थानको अनुगमन गर्ने छ । उद्योग अनुगमन समितिलाई न्यूनतम नियम पालना गरेको नपाइए तत्काल सञ्चालन अनुमति रद्ध गर्नेसम्मका अधिकार दिइएको छ ।

यसअ

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको संकट ब्यवस्थापन केन्द्रको बैठकले विभिन्न उद्योग तथा विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस