जेठ १, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा अाजबाट सबै किसिमका सवारी पास रद्द गरेकाे छ ।
पर्मुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुुुधबार एक विज्ञप्ति जारी गरी जिल्ला भित्र चल्ने गरी दिईएका सबै हस्तलिखित र इ-पास (बिहीबार) अाजदेखि रद्द हुने जानकारी दिएका हुन् ।
गृह मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र मार्फत पास रद्द गर्न आग्रह गरेको थियो । अत्यावश्यक सवारी साधनका लागि समेत कारण खुलाएर पास दिन गृह मन्त्रालयले भनेको छ ।
एक जिल्लाबाट अर्को जिल्ला जाने सावरी साधनलाई पुग्नुपर्ने जिल्ला प्रशासनसँग समन्वय गरेर मात्रै पास दिन ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र जारी गरेका छ ।
प्रतिक्रिया दिनुहोस