काभ्रेमा दोश्रो चरणको दादुरा रुवेला अभियान शुरु

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ३४७ पटक पढिएको
काभ्रेमा दोश्रो चरणको दादुरा रुवेला अभियान शुरु

जेठ २, काभ्रे । स्वास्थ तथा जनसंख्या मन्त्रालयले खोप सेवा सञ्चालन गर्दा अपनाउनु पर्ने मार्गदर्शन अपनाउँदै सामाजिक दुरी कायम राखी व्यक्तिगत सुरक्षा समेतलाई मध्येनजर गर्दै दादुरा रुबेला खोप अभियान शुरु गर्न निर्देशन दिए लगत्तै जिल्लामा दोश्रो चरणको दादुरा रुवेलाखोप अभियान शुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पहिलो चरणको दादुरा रुवेलाखोप अभियान लकडाउनको केहि दिनपछि सम्म संचालन भएको थियो । दोश्रो चरणको खोप अभियान शुरु गर्ने तयारीका साथ पालिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।

नियमित खोप केहि दिनअघि देखि संचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस