भारतबाट आयात गर्ने तरकारी–फलफूलमा कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ३०५ पटक पढिएको
भारतबाट आयात गर्ने तरकारी–फलफूलमा कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश

जेठ ४, काठमाडौँ । सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना परिक्षण गराउन अन्तरिम आदेश दिएको छ।

अाज (आइतबार) न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको इजलासले भारतबाट आयात हुने तरकारीको विषादी तथा कोरोना परिक्षण नहुँदा नृेपालमा जोखिम बढेको भन्दै परिक्षण गरेर मात्र आयात गर्न आदेश दिएको हो।

अधिवक्ता मणिराम उपाध्यायसहित पाँचजनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपभोक्ताको स्वच्छ खान पाउने अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

आदेशमा भनिएको छ, ‘भारत लगायत अन्य देशहरुबाट आयात हुने फलफूल तथा तरकारी जस्ता वस्तुहरुमा पाइने विषादी तथा कोभिड–१९ को उपलब्ध भएसम्मको परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्न साथै आन्तरिक रुपमै उत्पादन भएक फलफूल तथा तरकारीहरुको विषादी तथा कोभिड–१९ को समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्नु।’

नेपालमा कोरोना फैलिनुको कारणमध्ये आयाति तरकार फलफूल समेत भएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस