पनाैतीका १२ जनाकाे स्वाब परिक्षणमा काेराेना नभएकाे पुष्टि

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४३५ पटक पढिएको
पनाैतीका १२ जनाकाे स्वाब परिक्षणमा काेराेना नभएकाे पुष्टि

जेठ ६, काभ्रे । पनौती नगरपालिकामा साेमबार गरिएकाे काेराेना भाइरसकाे आरडिटी परीक्षणमा पाेजेटिभ देेेखिएका १२ जनाकाे पिसीअार रिपोर्ट नेगेटिभ देेेखिएकाे छ ।

कोरोना भाइरसको शंका लागेपछि उनिहरूकाे स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाइएको थियाे । हिजो ११० जनाको आरडिटी परीक्षण गरिएको थियो । स्वास्थ्यकर्मी, जनप्रनितिधि र नगरपालिकाका कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो । अझै दुई जनाकाेे स्वाब  परिक्षणकाे रिपाेेेर्ट भाेलि (बुधबार) अाउने अस्पतालले जनाएको छ ।

पनाैती नगरपालिका नगरप्रमुख भिमप्रसाद न्यौपानेले शंका लागेका ब्यक्तिको विस्तृत परीक्षण भइरहेको भन्दै लकडाउन पूर्णरुपमा पालना गरी होम क्वारेन्टाइनमा सुरक्षित साथ बसिदिन नगरबासीलाई अनुरोध गरेका छन् ।

जिल्लामा विभिन्न अस्पताल तथा पालिकाहरूमाा गरि जम्मा  ३४२ वटा क्वारेन्टाइन बेेेड तयारी अवस्थामा रहेेेेका छन् ।


प्रतिक्रिया दिनुहोस