भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना, १२ जनाको मृत्यु, २० घाइते

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ४१३ पटक पढिएको

भारतबाट फर्कनेहरू चढेको बस दुर्घटना, १२ जनाको मृत्यु, २० घाइते

जेठ १९, दाङ । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताए। उनका अनुसार घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको एसएसपी बैदवारले जानकारी दिए।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २० जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ५ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए।


प्रतिक्रिया दिनुहोस