काभ्रेका १३ स्थानीय तहमा बजेट बिनियोजन

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ३७९ पटक पढिएको
काभ्रेका १३ स्थानीय तहमा बजेट बिनियोजन

जेठ १९, काभ्रे । आर्थिक वर्ष २०७७/७८ को लागि काभ्रे जिल्लाका १३ स्थानीय तहलाई बजेट बिनियोजन गरिएको छ ।

काभ्रेका १३ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट बनेपा नगरपालिकामा र सबै भन्दा कम खानीखोला गाउँपालिकालाई परेको छ । सोही अनुसार बनेपा नगरपालिकाका लागि ५२ करोड १० लाख, पनौती नगरपालिकामा ४४ करोड ५२ लाख, धुलिखेल नगरपालिकामा ४० करोड ४६ लाख, पाँचखाल नगरपालिकामा ३९ करोड २२ लाख रुपैयाँ रहेको छ ।

यस्तै, रोशी गाउँपालिकामा ३८ करोड ४९ लाख, नमोबुद्ध नगरपालिकामा ३८ करोड ८ लाख, मण्डनदेउपुर नगरपालिकामा ३५ करोड ३८ लाख, चौँरीदेउराली गाउँपालिका ३२ करोड ६८ लाख, भुम्लु गाउँपालिकामा २८ करोड ३७ लाख तेमाल गाउँपालिकामा २७ करोड ८८ लाख, महाभारत गाउँपालिका २६ करोड ८२ लाख, बेथानचोक गाउँपालिकामा २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा २० करोड १८ लाख बजेट परेको छ ।

प्रतिक्रिया दिनुहोस