बनेपामा ग्याँस पड्कँदा घाईते भएका मध्ये ३ जनाको उपचारको क्रममा मृत्युु

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ९२९ पटक पढिएको
बनेपामा ग्याँस पड्कँदा घाईते भएका मध्ये ३ जनाको उपचारको क्रममा मृत्युु

जेठ २१, काभ्रे । बनेपामा ७ तरकारी बजारमा ग्यास पड्केर भएकाे अागलागीमा परी घाइते भएका पाँच जना मध्ये ३ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

गत जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा मःम पसल गरी बस्दै आएका रूकेश भनिने सुशील शाह ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भई दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेका पाँच मध्ये तीन जनाकाे उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको  हाे ।

निधन हुनेहरुमा १६ बर्षिय आयुष शाह ठकुरी र २६ बर्षिय रुकेश भनिने शुशिल शाह ठकुरीकाे मंगलबार मृत्यु भएकाे हाे भने १४ वर्षिय वालक अनिश शाह ठकुरीको अाज उपचारका क्रममा मृत्यु भएको हाे ।

दुई जना घाइतेको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भैरहेेको छ । गम्भिर घाइते १८ महिनाकी बालिकाको केही शल्यक्रिया गरिएको छ भने बालिकाकी अामा २४ बर्षकी सोफीको समेत फोक्सोको शल्यक्रिया गरेको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् । तर उनीहरु अझै खतरामुक्त भने नरहेको चिकित्सकहरुले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएका ठकुरीको परिवारको उपचारमा दैनीक ३ लाख भन्दा धेरै औषधी उपचारका लागि खर्च भएको छ ।

उक्त रकम जुटाउन नसक्दा उपचारमा समस्या त छँदैछ अर्काे तिर परिवारका दुई सदस्य गुमाउँदा थप पीडा थपिएको छ । ठकुरी परिवारले काेराेना महामाारीको विषम परिस्थितीमा भएको उक्त घटनामा घाईते हुनेहरुको उपचारका लागि सहयोगका लागि सरकारसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस