जागिरबाट निकालिएपछि सफाइ कर्मचारीद्वारा शरीरमा पेट्रोल छर्केर आत्महत्या

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ३२० पटक पढिएको

जागिरबाट निकालिएपछि सफाइ कर्मचारीद्वारा शरीरमा पेट्रोल छर्केर आत्महत्या

जेठ २६, धनगढी । अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर सख्त घाइते भएका कर्मचारीको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ।

बयलपाटा अस्पतालमा सरसफाइमा कार्यरत आउजीको उपचारका क्रममा सोमबार दिउँसो कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।

उनलाई आज दिउँसो मात्र हेलिकोप्टर मार्फत उपचारका लागि कोहलपुर लगिएको थियो।

दुई बर्ष देखि बयलपाटा अस्पतालको सरसफाइ कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि बिहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।


प्रतिक्रिया दिनुहोस