बाँकेको आइसोलेसन सेन्टरबाट एक जना कोरोना संक्रमित भागे

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित १०२५ पटक पढिएको
बाँकेको आइसोलेसन सेन्टरबाट एक जना कोरोना संक्रमित भागे
;Kt/L, @% h]7 M :jfa k/LIf0f ;Kt/Lsf] /fhlj/fhl:yt uh]G›gf/fo0f l;+x c:ktfndf :jfa k/LIf0f ub}{ :jf:YosdL{ . tl:a/ M gfgLd}of s6jfn÷/f;;

जेठ २७, बाँके । बाँके जिल्लाको एक आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित भागेका छन्। जिल्लाको जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा रहेका एक जना संक्रमित भागेका हुन्।

नेपालगञ्जका ती संक्रमितको खोजी कार्य भइरहेको जिल्ला जस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

फरार भएका संक्रमित गत जेठ ९ गते भारतबाट नेपाल आएका थिए। उनको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस