बालुवाटारको शान्तिपूर्ण जुलुस आज पनि अशान्तिमा परिणत

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ३४२ पटक पढिएको
बालुवाटारको शान्तिपूर्ण जुलुस आज पनि अशान्तिमा परिणत

जेठ २९, काठमाडौँ । औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने मागसहित सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन गरिएको छ ।

शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्या र पानीको फोहोरा प्रहार गरेपछि शान्तिपूर्ण प्रदर्शन अशान्तिमा परिणत भएको छ ।

कोरोना महामारी नियन्त्रणलाई प्रभावकारी रुपमा लैजानुपर्ने , आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राख्दै युवा तथा सर्वसाधारणले केही दिनयता बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् । कोरोना महामारीले दिनहु विकराल रुप लिदै गर्दा सरकार भने भ्रष्टाचार र कुनै पनि हालतमा एमसीसी पास गर्नमा व्यस्त देखिएपछि सर्वसाधारण निरन्तर विरोध प्रदर्शनमा उत्रीएका छन् ।

प्रतिक्रिया दिनुहोस