काठमाण्डौ प्रवेश गर्न थप कडाइ, काठमाण्डौभित्रको पास रद्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित १२०५ पटक पढिएको
काठमाण्डौ प्रवेश गर्न थप कडाइ, काठमाण्डौभित्रको पास रद्द

जेठ ३२, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ प्रवेशको लागि थप कडाइ गरेको  छ ।

जिप्रकाले सूचना निकालेर काठमाण्डौ प्रवेशको लागि काठमाण्डौको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाण्डौ जिप्रकामा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ ।

काठमाण्डौभित्रको पास रद्द गरिएको छ । काठमाण्डौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र  काम खुलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस