हवाई उडान असार २१ गतेसम्म बन्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ५७२ पटक पढिएको
हवाई उडान असार २१ गतेसम्म बन्द

जेठ ३२, काठमाडौं । व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई)सम्मका लागि बन्द भएको छ ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अाज (आइतबार) उक्त निर्णय गर्दै सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो ।

यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो ।

तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्रीको ल्याउन तथा सुरक्षाका उडानहरु भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!