खाडी मुलुकमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ८४२ पटक पढिएको
खाडी मुलुकमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

असार ५, काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज (शुक्रबार) काठमाडौं ल्याइएको छ ।

कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस