काभ्रेका सबै ६ जना संक्रमितले जिते कोरोना

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ५२७ पटक पढिएको
काभ्रेका सबै ६ जना संक्रमितले जिते कोरोना

असार ५, काभ्रे । काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुरस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनीहरु अाज (शुक्रबार) डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

काभ्रे घर भइ काठमाण्डौ बस्दै आएका १ जना र ललितपुर बस्दै आएका १ जना र काभ्रेका ४ जनासहित ६ जना डिस्चार्ज भएका हुन् । उनीहरु मेडिकल कलेज दुवाकोटमा उपचार गराइरहेका थिए ।

अन्तिम परीक्षण रिपोर्ट समेत निगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्जपछि उनीहरु गृह जिल्ला काभ्रे फर्किएका छन् । उनीहरुलाई एक हप्ता आफ्नै घरमा सुरक्षितसाथ बस्ने ब्यवस्था मिलाइएको प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस