प्रधानमन्त्रीलाई कोरोना जितेकी प्रसिद्धिको आग्रह: ‘बिरामीको दुखाइलाई मनोरञ्जनको विषय नबनाउनुस्’

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित १३३६ पटक पढिएको
प्रधानमन्त्रीलाई कोरोना जितेकी प्रसिद्धिको आग्रह: ‘बिरामीको दुखाइलाई मनोरञ्जनको विषय नबनाउनुस्’

असार ६, काठमाडौं । कोरोनालाई जितेर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्तिप्रति संकेत गर्दै आक्रोश व्यक्त गरेकी छन् ।

‘कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युसाछ्यु गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ,’ प्रधानमन्त्री ओलीले बिहीवार राष्ट्रिय सभामा भनेका थिए । सामाजिक संंजालमार्फत उनले कोरोना अन्य मौसमी फ्लूजस्तो नभएकाले सामान्य सोचेर हेलचक्रयाइ नगर्न सुझाव दिएकी छन् ।

यस्तै, कोरोना लागेका बिरामी निकै पीडाका साथ गुज्रिनु पर्ने हुँदा यसलाई मनोरञ्जनको विषय नबनाउन आग्रह गरेकी छन् । फ्रान्सबाट नेपाल आइपुगेकी प्रसिद्धिमा कोरोना देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा २७ दिनसम्म उपचार गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस