काभ्रे ट्राफिक कार्यलयलाई रोशी गाउँपालिकाकाे सहयोग

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ३६२ पटक पढिएको
काभ्रे ट्राफिक कार्यलयलाई रोशी गाउँपालिकाकाे सहयोग

असार ६, काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले जिल्ला ट्रााफिक प्रहरी कार्यालयलाई श्रव्यदृश्य सामाग्री सहयोग गरेकाे छ ।

अाज गाउँपालिका अध्यक्ष डिबि लामाले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख इन्स्पेक्टर बिशाल तामाङ उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

लामाले जिल्ला ट्राफिक कार्यालयलाई एक थान ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको सडक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले उक्त सामाग्री सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस