पाँच देशबाट १५ सय ५१ नेपाली घर फर्किए, सबैभन्दा धेरै यूएईबाट

नौलो समाचार संवाददाता
२०७७ अषाढ ७, आईतबार मा प्रकाशित ५६९ पटक पढिएको
पाँच देशबाट १५ सय ५१ नेपाली घर फर्किए, सबैभन्दा धेरै यूएईबाट

असार ७, काठमाण्डौ । आज विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

आज सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक बच्चासहित १५२ जना, दुबई विमानस्थलबाट फ्लाई दुबईको चार्टर्ड उडानमार्फत एक बच्चासहित १८४ जना र दुबईबाटै नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २६१ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै आज साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएका छन् ।

आज राति बहराइनमा समस्यामा परेका नेपाली लिन नेपाल एअरलाइन्सको चार्टर्ड जहाज त्यसतर्फ उड्ने तालिका रहेको छ । आज मात्रै त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएका छन्।

प्रतिक्रिया दिनुहोस