निर्माण ब्यवसायी गौतमले गरे सबै स्वास्थ्य कर्मीको कोरोना बिमा, पत्रकार महासंघ काभ्रेलाइ ५० हजार

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित ४११ पटक पढिएको

निर्माण ब्यवसायी गौतमले गरे सबै स्वास्थ्य कर्मीको कोरोना बिमा, पत्रकार महासंघ काभ्रेलाइ ५० हजार

असार ८, काभ्रे । निर्माण ब्यवसायी रामबहादुर गौतमले काभ्रे जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना बिमा गराइदिएका छन् । उनले अाईतबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई भेटेर बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रति स्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले ४ लाख ४९ हजार ४०० रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई निर्माण ब्यवसायी गौतमले हस्तान्तण गरेका हुन । एक वर्षका लागि १ लाखकाे बिमा गरिएको हो ।

जिल्लाको १३ वाटै स्थानीय तहमा गरी ७ सय ४९ जना स्वास्थ्य कर्मीको कोरोना बिमा भएको छ । कोरोना महामारीकामा स्वास्थ्यकर्मी नै अग्रपंक्तिमा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहान स्वरुप बिमा गरिएको निर्माण ब्यवसायी गौतमले बताए ।

पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार

यसैैगरी गाैमतले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाइ ५० हजार सहयाेग गरेका छन् । काभे पत्रकार महासघको कोषमा रहने गरि अध्यक्ष मोतीराम तिमल्सिनालाई उक्त सहयाेग रकमकाे चेक हस्तान्तरण गरेेेका हुन् ।


प्रतिक्रिया दिनुहोस