काभ्रेका स्थानीय तहद्वारा नीति, कार्यक्रम र बजेट सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ अषाढ १०, बुधबार मा प्रकाशित १३५४ पटक पढिएको
काभ्रेका स्थानीय तहद्वारा नीति, कार्यक्रम र बजेट सार्वजनिक

असार १०, काभ्रे । बुधबार काभ्रेका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाका १३ स्थानीय तह मध्ये ८ वटाले मात्र अाज नीति र कार्यक्रम सहितको बजेट ल्याएका छन् । राेशी गाँउपालिका, खानीखाेल, भुम्लु, चाैरीदेेउराली, मण्डनदेउपुर नगरपालिका, धुलिखेल, बनेपा र पनाैतीले नीति र कार्यक्रमसंगै बजेट प्रस्तुत गरेका हुन् ।

यस्तै पाँचखाल नगरपालिका, नमाेबुुुुद्व नगरपालिका र बेेेेथान चाेक गाउँपालिकाले भने नीति तथा कार्यक्रममात्रै ल्याएका छन् भने महाभारत गाउँपालिका र तेमाल गाउँँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने अन्तिम तयारी गरिरहेका छन् ।

मण्डनदेउपुर नगरपालिकाकाे बजेट ९२ करोड २५ लाख

काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९२ करोड २५ लाख ७९ हजार ७५१ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन् । शिक्षालाइ उच्च प्राथमिकतामा राखेको नगरपालिकाले कृषि, पशु र पर्यटनको क्षेत्रलाई पनि प्राथमिकता दिई बजेट विनियोजन गरेकाे छ ।

यसैगरी, धुुुुलिखेल नगरपालिकाले चालू खर्च तर्फ ५१ करोड ४ लाख ४० हजार र पूजीगत तर्फ ६० करोड ६ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरेको छ । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १५ करोड ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पनाैतीकाे १ अर्ब ३२ करोड, रोशी गाउँपालिकाको बजेट ५८ करोड, ९९ लाख, चौरीदेउराली गाउँपालिकाकाे बजेेट ४७ कराेड रहेकाे छ । यस्तै भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार रहेकाे छ । यस्तै खानीखाेला गाउँपालिकाले ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस