रविओपीमा टिपरको ठक्करबाट दुईजनाको घटना स्थलमै मृत्यु

नौलो समाचार संवाददाता
२०७७ अषाढ १७, बुधबार मा प्रकाशित ७६६ पटक पढिएको
रविओपीमा टिपरको ठक्करबाट दुईजनाको घटना स्थलमै मृत्यु

असार १७, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाकाे मृत्युु भएकाे छ । मृतक दाजुभाई रहेकाे खुलेेेेकाे छ । टिपरको ठक्करबाट वन रक्षक ५० बर्षिय बेदप्रसाद कोईराला र उनका दाई ५५ बर्षिय गोर्बद्धन कोईरालाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बेदप्रसाद कोईराला सब डिभिजन बन कार्यालय कटुञ्जे रोशीमा वन रक्षक रहेको खुलेको छ । बा ३६ प ५०५२ नम्बरको मोटरसाईकललाई बनेपाबाट रविओपी जाँदै गर्दा बा ४ छ ६३८६ नम्बरको टिपरले ढुँडामुखमा ठक्कर दिएको थियो । ठक्करपछि टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

मृतक दुबै जनाकाेे शब शिर मेमाेरियल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस