काभ्रेमा थप एक जनामा कोरोना संक्रमण, बेथानचोकका संक्रमित डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४८४ पटक पढिएको

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण, बेथानचोकका संक्रमित डिस्चार्ज

असार १७, काभ्रे ।  काभ्रेमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीय युवतीमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

डा.झाका अनुसार संक्रमित ब्यक्ति कुबेतम काम गर्दै आएकोमा जेठ २९ गते नेपाल फकेको थिइन । उनलाई टेकु हस्पिटललाने तयारी भएको प्रमुख डा.झाले बताए ।

उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको सातौ कोरोना सक्रमित हुन् । यस अघि जिल्लामा ६ जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमितहरु मध्य ५ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न् भने एक जना टेकु हस्पिटलमा उपचारको क्रममा छन ।

बेथानचोकमा भेटिएको संक्रमित डिस्चार्ज

यसैबीच काभ्रेको बेथानचोक गाउँपालिकाका एकजना संक्रमित युवा उपचार पछि घर फेर्केका छन् । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. झाका अनुसार ती युवा आज डिस्चार्ज भएका हुन् । काभ्रेमा दास्रोपटक काेराना भेटिएका ती युवाको टेकुमा उपचार भइरहेको थियो ।

यससँगै कोरोना संक्रमण निको भएको संख्या काभ्रेमा ६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस