पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ४४९ पटक पढिएको
पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित
corona kavre

असार १९, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा दुई जनामा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिए ।

दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमतिहरुलाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा राखिएको मेयर खरेलले बताए । नगरको क्वारेन्टाइनमा रहनु भएका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

पाँचखालमा यसअघि पनि भारतबाट आएका एक जना पुरुष संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमणको संख्या ९ पुगेको छ । त्यस मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् । पाँचखालका संक्रमित पनि उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस