असार २३, काभ्रे । काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा काेराेना संक्रमितकाे संक्रमितको संख्या ह्वात्तै बढेपछि उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच कडा पारिएकाे छ । यसैगरी सरकारले सर्वसाधरणलाई जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्न निर्देशन पनि जारी गरेको छ ।
उपत्यकालाई छाेएकाे काभ्रे जिल्लामा पनि कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले सर्वसाधरणलाई जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार आजबाट जिल्लामा सर्वसाधरणले घरबाट बाहिर निस्किदाँ अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र सार्वजनिक स्थलमा सामाजिक दुरी कायम गर्न कार्यालयले सूचना जारी गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
सूूूूचनामा अनावश्यक रुपमा भिडभाड नगर्न, स्वास्थ्य र सुरक्षाको न्यूनतम मापदण्ड अनिवार्य रुपमा पालना गर्न भनिएकाे छ । कार्यालयको निर्देशन कोही कसैले पालना नगरेको पाईएमा संक्रमण रोग ऐन २०२० कार्वाही हुने पनि जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस