कोरोना संक्रमित भेटिएपछि पनाैतीका दुई वडा सिल

नौलो समाचार संवाददाता
२०७७ अषाढ २७, शनिबार मा प्रकाशित ७९३ पटक पढिएको
कोरोना संक्रमित भेटिएपछि पनाैतीका दुई वडा सिल

असार २७, काभ्रे । पनौती नगरपालिकाले कोरोना संक्रमित देखिएको दुई वटा सिल गरेको छ । नगरपालिकाले वडा नम्बर २ र ९ लाई सिल गरेको हो । वडा नम्बर २ का ४७ बर्षीय महिला र वडा नम्बर ९ का २६ बर्षीय पुरुषमा पाटन अस्प्तालमा स्वास्थ्य परीक्षण गराउने क्रममा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले एक सूचना मार्फत वडा नम्बर २ को पूर्वमा ठाडेखोला, पश्चिममा खोल्सिखोला, उत्तरमा मिजारको गौडाबाट तलतिर र दक्षिणमा लप्सेटार जाने बाटोको पूर्बीभाग सिल गरिएको जानकारी दिनुभएको छ । त्यस्तै वडा नम्बर ९ को पश्चिममा जुगेनी खोल्सा नागेचौर, पूर्वमा जाइडोल खोल्सा पारि, उत्तरमा भुतेको वन मदन आश्रित पार्क मुनितिर र दक्षिणमा जुगेनी खोल्सा सिल गरिएको अधिकारीले बताए ।

नगरपालिकाले समुदायमा संक्रमणको उच्च जोखिम हुनसक्ने भन्दै आफ्नै घरमा सुरक्षाका मापदण्ड अपनाएर बस्न आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यक परिस्थिति सिर्जना भई कोहि कसैलाई घर बाहिर जानुपर्ने वा आउने पर्ने भएमा प्रहरी, स्वास्थ्यकर्मी र वडाध्यक्षसँग समन्वय गर्न आग्रह गरेको छ ।

हेेेेर्नुस् पनाैती नगरपालिकाकाे सूूूूचना

 


प्रतिक्रिया दिनुहोस