केरुङ च्छो ताल फुट्ने सम्भावना, सुनकोशी किनारका बासिन्दालाई काभ्रे प्रशासनको अनुरोध

नौलो समाचार संवाददाता
२०७७ श्रावण ७, बुधबार मा प्रकाशित ५७१ पटक पढिएको
केरुङ च्छो ताल फुट्ने सम्भावना, सुनकोशी किनारका बासिन्दालाई काभ्रे प्रशासनको अनुरोध

साउन ७, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले सुनकोशी किनारमा रहेका बस्तीका समुदायलाई सचेत रहन अनुरोध गरेको छ । चीनको खासामा रहेको केरुङ च्छो ताल अविरल वर्षाको कारण भरिन गइ फुट्ने सम्भावना रहेको भन्दै प्रशासनले सचेत रहन अनुरोध गरेको हो ।

ताल फुटेमा सुनकोशी नदीमा समेत जल प्रवाह आकस्मिक रुपमा बढ्न सक्ने देखिएकोले नदी किनारमा रहेका बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई सो नदी क्षेत्रमा प्रवेश नगर्न र जुनसुकै बेला सजग र सतर्क अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय, काभ्रेले सार्वजानिक सूचना जारी गरेको छ ।

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिका र तेमाल गाउँपालिकाका केही वडा सुनकोशी नदीसँग जोडिएका छन् ।

काभ्रे प्रशासनकाे सूचना

प्रतिक्रिया दिनुहोस