काभ्रेमा ८२ वर्षिय बृद्वमा कोरोना संक्रमण, मास्क नलगाउने ७६० जना पक्राउ

नौलो समाचार संवाददाता
२०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४५८ पटक पढिएको
काभ्रेमा ८२ वर्षिय बृद्वमा कोरोना संक्रमण, मास्क नलगाउने ७६० जना पक्राउ

साउन २३, काभ्रे। धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङका ८२ बर्षिया बृद्धमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

उनको छाउनी अस्पतालमा उपचारको क्रममा पिसिआर पोजिटीभ देखिएको झाले जानकारी दिए । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुषको उपचार र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिलाको उपचार धुलिखेल अस्पतालमा भइरहेको उनले बताए ।

त्यसैगरि जिल्लामा संक्रमित संख्या ३४ पुगेको छ भने २७ जना निको भइ घर फर्केका छन् र ७ जना आइसोलेशनमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।

मास्क नलगाउनेलाई कारवाहि

यस्तै, अाज जिल्लाका विभिन्न ठाउँबाट मास्क नलगाई बाहिर निस्कने ७६० जनालाई  पक्राउ गरि प्रहरीले सम्झाईबुझाई छाडेेेेकाे छ । यसैगरी मास्क नलगाई हिड्ने २२ जनालाई जनहि एक सय रूपैयाँ जरिवाना गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस