काेराेना काभ्रे अपडेट: थपिए ८ संक्रमित, हालसम्म संक्रमितकाे संख्या ७०

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ८१६ पटक पढिएको
काेराेना काभ्रे अपडेट: थपिए ८ संक्रमित, हालसम्म संक्रमितकाे संख्या ७०

साउन ३०, काभ्रे। काभ्रेमा थप ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बनेपा, नमाेबुद्व र पाँचखाल नगरपालिकामा संक्रमित भेटिएका हुन् ।

अाज सबैभन्दा धेरै बनेपामा ४ जना संंक्रमित भेटिएका छन् । रामेछाप घर भई बनेपा बस्ने ५७ वर्षका पुरुष १ जना, बनेपा ९ बस्ने ५४ वर्षका पुरुष १, बनेपा ७ बस्ने वर्ष ७ का बालक १ र वर्ष ३४ की महिला समेत गरी वनेपा नगरपालिकामा चार जना रहेेेका छन् ।

यसैगरी वर्ष २७ का १ र वर्ष ३२ का २ समेत गरी नमोबुद्ध नगरपालिकामा ३ जना र बेथानचोक गाउँपालिका घर भई बनेपा बस्ने पाँचखालमा कार्यरत १ जनामा काेराेना संक्रमण देेेखिएकाेे प्रमुख डा. झालेे जानकारी दिए ।

आज थपिएका ८ जना सहित काभ्रे जिल्लामा संंक्रमितकाे संख्या ७० पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस