धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेकाे पुष्टि

नौलो समाचार संवाददाता
२०७७ भाद्र १, सोमबार मा प्रकाशित ५०३ पटक पढिएको
धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कोरोना नरहेकाे पुष्टि

भदाै १, काभ्रे। धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा काेराेना संक्रमण नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै उक्त अस्पतालका १ सय २० जना चिकित्सक तथा कर्मचारी एकान्तबास (क्वारेेेेन्टिन)मा बसेका थिए ।

सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक र कर्मचारीमा कोरोना भाइरस परीक्षण गरिएको र उनीहरुमा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक र कर्मचारीहरुले सुरक्षाका अझ थप उपायहरु अवलम्बन गर्न आवश्यक रहेको पनि जनाइएको छ ।

राजधानी पूर्वका जिल्लाहरुका लागि धुलिखेल अस्पताललाई सरकारले कोभिड लेभल ३ को मान्यता दिएको छ । अस्पतालले कोरोना संक्रमितलाई छुट्टै भवनमा राख्दै आएकाे छ ।

अस्पतालकाे विज्ञप्ति पढ्नुुहाेस:

प्रतिक्रिया दिनुहोस