साउन ३, काठमाडौँ। नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।
उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन्। उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।
उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।
म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस