धुलिखेल अस्पतालमा एकजना संक्रमितको मृत्यू, शिर मेमोरियलका १७ जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४९६ पटक पढिएको
धुलिखेल अस्पतालमा एकजना संक्रमितको मृत्यू, शिर मेमोरियलका १७ जनामा कोरोना संक्रमण पुष्टि

भदाैै २०, काभ्रे। धुलिखेल अस्पतालमा बर्दिवासका ७६ बर्षिय कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनको शनिवार (आज ) विहान मृत्यु भएको स्वास्थ्य कार्यालय डकाभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

अस्पताल भर्ना भएपछिस्वाब संकलन गरेर परिषण गरिएकोमा उनलाई पोजेटिभ देखाएको हो।

शीर मेमोरियलमा १७ जना संक्रमित

त्यस्तै बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । श्रो

प्रतिक्रिया दिनुहोस