भदौ २१, काभ्रे। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण भएको छ ।
उहाँलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा आक्रमण गरेका थिए ।
चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गरी टाउकै टाउकोमा हानेर गम्भिर घाईते बनाएको पत्रकार कार्कीले जानकारी गराउनुभयो । कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार कार्की माथी आक्रमण गर्ने उद्धवलाई कानुनी कार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे, नेपाल प्रेस युनियन काभ्रे तथा नेपाल ट्रेड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।
अाक्रमणकारीले ईलाका प्रहरी कार्यालय बनेपामा अात्मसमर्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस