कात्तिक २८, बैतडी। बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए। ‘घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने। गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस