स्थानीय तह अनुसार मालपोत कार्यालय काभ्रेले फरक फरक दिनमा सेवा प्रवाह गर्ने

नौलो समाचार संवाददाता
२०७७ मंसिर १२, शुक्रबार मा प्रकाशित १५०० पटक पढिएको
स्थानीय तह अनुसार मालपोत कार्यालय काभ्रेले फरक फरक दिनमा सेवा प्रवाह गर्ने

मंसिर १२, काभ्रे। मालपोत कार्यालय काभ्रेले स्थानीय तह अनुसार फरक फरक दिनमा सेवा प्रवाह गर्न समय तालिका सार्वजनिक गरेको छ ।

विश्वभर कोरोना भाइस फैलिरहेको वर्तमान अवस्थामा कार्यालयबाट एकैपटक सेवा प्रवाह गर्दा कोरोना संक्रमणको जोखिम बढि हुने भएकाले कार्यालयले स्थानीय तह अनुसार फरक फरक दिनमा सेवा प्रवाह गर्ने निर्णय गर्दै सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै मंसिर १४ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह तालिका सार्वजनिक गरिएको छ ।

बनेपा र नमोबुद्ध नगरपालिकाको लागि आईतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरपालिकाको लागि सोमबार र बिहिबार र धुलिखेल र पाँचखाल नगरपालिकाको लागि मंगलबार र शुक्रबार कार्यालयबाट सेवा प्रवाह हुने र गाउँपालिकाको हकमा शनिबार बाहेक हरेक दिन सेवा प्रवाह हुने प्रकाशित सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस