काभ्रेमा आज एक जनामा मात्र कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ पौष १९, आईतबार मा प्रकाशित ७१० पटक पढिएको
काभ्रेमा आज एक जनामा मात्र कोरोना संक्रमण

पुष १९, काभ्रे । काभ्रेमा आज १ जनामा मात्र कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बनेपाका १ पुरुषमा संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा अस्ती ४ जनामा संक्रमण देखीएको थियो भने हिजो ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय जिल्लामा भाईरसको संक्रमण हुनेको संख्या घट्दो क्रममा रहेको पाईएको छ । हाल सम्म जिल्लाका ३ हजार २ सय ७१ जनामा संक्रमण भईसकेको छ । संक्रमित मध्ये आज उपचार पछि निको भएर २ जना डिस्चार्ज भएका छन् । यो संगै हाल सम्म ३ हजार १ सय १६ जना निको भईसकेका हुन् ।

जिल्लामा अझै १ सय ११ जना सक्रीय संक्रमित छन् । ति मध्ये ७ जना अस्पताल आईसोलेसनमा छन् भने १ सय ४ जना होम आईसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । भाईरसको संक्रमणका कारण हाल सम्म जिल्लामा ६० जनाको ज्यान गईसकेको छ । ति मध्ये ४४ जना जिल्लाकै हुन् भने १६ जना अन्य जिल्लाका हुन् ।


प्रतिक्रिया दिनुहोस