आज काभ्रेमा ७ सय ३२ जनाले लगाए कोरोना विरुद्धको खोप

१ जनामा संक्रमण पुष्टी
नौलो समाचार संवाददाता
२०७७ माघ १६, शुक्रबार मा प्रकाशित ५८९ पटक पढिएको
आज काभ्रेमा ७ सय ३२ जनाले लगाए कोरोना विरुद्धको खोप

माघ १६, काभ्रे। काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा आज ४ सय ४७ जनाले र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा ८५ जनाले गरि ७ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा पनि कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएसंगै खोप लगाउनेको संख्या बढेको हो ।

देशभर बुधबारबाट अभियानको रुपमा सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम जिल्लामा पनि उत्साहजनक रुपमा अगाडी बढेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताएका छन् ।

काभ्रेमा पहिलो चरणमा ३ हजार ५ सय ८१ जनालाई कोरोनावरुद्धको खोप लगाइनेछ ।

१ जनामा संक्रमण पुष्टी

जिल्लामा आज थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमित हुने महिला बनेपा नगरपालिका भित्रको भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ३२ पुगेको छ । त्यस्तै कुल संक्रमित संख्यामध्ये ३२ सय ६२ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

काभ्रेमा अहिले १३ जना महिला र १२ जना पुरुष गरि २५ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । अहिलेसम्म जिल्लामा ४४ पुरुष र १८ महिला गरि ६२ जनाको मृत्यु भएको छ भने जस मध्ये १३ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस