काभ्रेकाे सेल्फिडाँडामा सवारी दुर्घटना हुँदा १० जना घाइते : एकको अवस्था गम्भिर

नौलो समाचार संवाददाता
२०७७ माघ १८, आईतबार मा प्रकाशित ८९२ पटक पढिएको
काभ्रेकाे सेल्फिडाँडामा सवारी दुर्घटना हुँदा १० जना घाइते : एकको अवस्था गम्भिर

माघ १८, काभ्रे। काभ्रे जिल्लाको बिपि राजमार्ग अन्र्तगत नमोबुद्ध नगरपालिका वडा नं २ को सेल्फिडाँडामा सुमो र मोटरसाइकल दुर्घटना हुँदा १० जना घाईते भएका छन् । दुर्घटना आज दिउँसो १ः३० बजे भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काठमाडौबाट सिन्धुलीतर्फ जाँदै गरेको ज १ ञ २३३ नम्बरको सुमो र धरानबाट काठमाडौ जाँदै गरेको प्रदेश ०२–००–१–प९७४५ नम्बरको मोटरसाइकल जुधेर  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका काभ्रेका सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार सुमो र मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना हुँदा सुमो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा परी सुमोमा सवार ८ जना यात्रु र मोटरसाइकलमा रहेका दुई जना गरि १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारी छ ।

घाइतेको सशस्त्र प्रहरी बल १५ नंवर गणका इन्स्पेक्टर सुवास भट्टराईको नेतृत्वको टोलीले उद्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये सुमो चालकको अवस्था गम्भिर रहेको कार्यालयका सूचना अधिकारी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस