आमहड्तालमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर !

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ४४२ पटक पढिएको
आमहड्तालमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर !

माघ २२, काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत काठमाडौंमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर गराइएको छ ।

काठमाडौंको कोटेश्वर क्षेत्रमा बन्द गराउन खटिएका नेता कार्यकर्ताले सडकमै खाना खाइरहेको तस्वीर राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले फेसबूकमा सार्वजनिक गरेका छन् ।

नेता कार्यकर्ताहरू बिहानैदेखि बन्द सफल पार्न परिचालन भएका थिए । संवैधानिक आयोगमा नियुक्ति भएपछि प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन गरेर आमहड्ताल घोषणा गरेको थियो ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले सरकारविरुद्ध लगातार आन्दोलन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस