काभ्रे इङ्लिस मावि पनौतीको २२ औँ वार्षिकोत्सव सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ माघ २५, आईतबार मा प्रकाशित ९८१ पटक पढिएको
काभ्रे इङ्लिस मावि पनौतीको २२ औँ वार्षिकोत्सव सम्पन्न

माघ २५, काभ्रे । जिल्लाको पनौतीमा रहेको काभ्रे इङ्लिस माध्यमिक विद्यालयको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । काभ्रे मावि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पनौती नगरपालिका नगर शिक्षा शाखा श्रोत ब्यक्ति महेश्वर जङ्गम रहनुभएको थियो ।

कार्यक्रममा माघ २१ गतेदेखि संचालित खेलकुद सप्ताहको पुरस्कार वितरण गरिएको थियो । यसैगरी अनुशासित, २०७६ मा नियमित, उत्कृष्ट सदन, उत्कृष्ट स्वयंसेवक, प्रिन्सिपल च्वाईस अवार्ड, भुतपुर्व बिद्यार्थी रिवार्ड, एस.इ.इ २०७६मा उत्तीर्ण विद्यार्थी सम्मान लगायतका विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी महेश्वर जङ्गम, विद्यालयका प्रिन्सिपल बसन्तराज नेपाल, विद्यालय ब्यवस्थापन समितीका सदस्य शान्तिराम कायस्थ, भुतपुर्व विद्यार्थी संगठन तदर्थ समिती संयोजक प्रतिक कर्माचार्य लगायतले विद्यालयका विभिन्न गतिविधिका बारेमा चर्चा गरेका थिए ।
उक्त अवसरमा भुतपुर्व बिद्यार्थी तदर्थ समिती घोषणा गरिएको छ, जसमा संयोजकको रुपमा प्रतिक कर्माचार्य चुनिएका छन् ।

विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य लगायतका प्रस्तुतीहरु देखाईएको थियो । कार्यक्रम कक्षा ९ का प्रसुन हुमागाई र कक्षा १० की आयुशा सिलवालले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस