पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

नौलो समाचार संवाददाता
२०७७ माघ २९, बिहिबार मा प्रकाशित ५५५ पटक पढिएको
पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

माघ २९, काठमाडौं। राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। प्रहरीले उनका श्रीमनको जिम्मामा रिहा गरेको हो।

संचारकर्मीसँग कुरागर्दै नेतृ झाँक्रीले आफु निशर्त रिहा भएको बताएकी छिन्।

महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन प्रहरीको तयारी रहेको थियो। उनले लिखित जवाफ दिएमा प्रहरीले छोड्ने तयारी गरेको थियो। झाँक्रीले आफूलाई निशर्त छोड्नुपर्ने बताउँदै जवाफ दिन अस्वीकार गर्दै आएकी थिइन्।

माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्षलाई नै लिएर पक्राउ गरेको प्रहरीले नेताहरूलाई ब्रिफिङ गरेको थियो।


प्रतिक्रिया दिनुहोस