फागुन १३, काभ्रे । अन्तर्राष्ट्रिय महिला दिवसमा जिल्लाको पनौती नगरपालिकामा दोहोरी प्रतियोगिता हुने भएको छ । नगरपालिकाको महिला विकास शाखा मार्फत मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोहोरी गीतको प्रतियोगिता गर्न लागेको पनौती नगरपालिकाले जनाएको छ ।
पनौती नगर क्षेत्रका सहकारीको पत्र मार्फत प्रतियोगितामा सहगाी हुनपर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिए । ३ देखी ५ जनाको समुहमा रहने प्रतियोगिहरुले गीत शब्द चयन लैङ्गीक हिंसा र महिला अधिकार सम्बन्धी हुनु पर्ने बताईएको छ ।
प्रत्येक समुहलाई समय अबधी २० मिनेट हुने र प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहहरुलाई पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस