काभ्रेमा आज ४० जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइयो

नौलो समाचार संवाददाता
२०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ६५१ पटक पढिएको
काभ्रेमा आज ४० जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइयो

चैत ३, काभ्रे । काभ्रे जिल्लामा आज ६५ वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिकाका १४ जना महिला र २६ जना पुरुष गरी ४० जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

हालसम्म जिल्लाका १४ हजार ८ सय ४१ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा जिल्लाका १३ स्थानीय तहका ६५ वर्ष माथिका ७ हजार ४ सय ९७ जना महिला र ७ हजार ३ सय ४४ जना पुरुषलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

३ जना कोरोना संक्रमणमुक्त

त्यस्तै जिल्लामा आज ३ जना कोरोना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । ३ जना संक्रमणमुक्त भएसँगै काभ्रेमा अहिले ४ जना महिला र १० जना पुरुष गरी १४ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयका प्रमुख डा. झाले बताए । उनका अनुसार काभ्रेमा कोरोना संक्रमितको संख्या ३३ सय ७० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस