नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रे शाखाको ब्यवसायिक भ्रमण सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ चैत्र ४, बुधबार मा प्रकाशित ६८१ पटक पढिएको
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रे शाखाको ब्यवसायिक भ्रमण सम्पन्न

चैत ४, काभ्रे । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ काभ्रे जिल्ला शाखाले पुस्तक ब्यवसायिहरुको ब्यवसायिक प्रवर्दन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखाका पदाधिकारीहरुले भ्रमणका अवसरमा गोरखा, रुपन्देही, कपिलवस्तु चितवनका ब्यवसायिहरू सँग अन्तरक्रिया गर्नुका साथै ति स्थनहरुमा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरूको अवलकोन समेत गरेका छन्।भ्रमण कार्यक्रम गएको फागुन २७ गते बाट सुरु भइ यहि चैत ३ गते समापन भएको बताईएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ काभ्रे जिल्ला शाखाका अध्यक्ष भिमप्रसाद आचार्यको नेतृत्वमा उक्त भ्रमण कार्यक्रममा काभ्रे जिल्लाका ३५ जना पुस्तक ब्यवसायिहरूको सहभागिता रहेको थियो । त्यस्तै भ्रमण कार्यक्रमको सम्योजक कार्य समिति सदस्य विष्णु न्यौपानेले गर्नु भएको थियो ।

सो अवसरमा कापी कारखाना र डटपेन कारखानाको अवलोकन पश्चात कपिलवस्तु, रुपन्देही जिल्लाहरुका उद्योग वाणिज्य संघका पदाधिकारी एबं पुस्तक तथा स्टेशनरी ब्यवसायिहरूसँग ब्यवसाय प्रवर्दनको बारेमा आ-आफ्ना अनुभव समेत आदान प्रदान गरिएको थियो ।

भ्रमणका क्रममा चितवन पुगेका ब्यवसायिहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ वागमती प्रदेशका अध्यक्ष किरण कुमार खनालले सहभागिहरुलाई स्वागत गर्दै उद्देश्य प्राप्तिको शुभकामना ब्यक्त गर्नु भएको थियो भने केन्द्रीय अध्यक्ष मनहरी वस्यालले पनि शुभकामना ब्यक्त गर्दै यस्ता भ्रमणले उपलब्धिमुलक काम गर्न सहज हुने बताउनुभयो ।

त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ काभ्रे जिल्ला शाखाको यो भ्रमणवाट ब्यवसायिक एकता कायम हुनुका साथै अन्तर जिल्लाको सम्वन्ध सुमधुर बन्ने तथा नेपालको सिमानामा पर्ने भारतवाट सिधै स्टेशनरी सामाग्रीहरू ल्याउन सके ग्राहकहरूलाई अझै सहुलियत दरमा विक्रि वितरण गर्न सकिने सिकाई भएको पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा काभ्रेका निवर्तमान अध्यक्ष कृष्णराम कार्कीले बताउदै यो भ्रमण पुस्तक तथा स्टेशनरी ब्यवसायिहरुको लागि अविस्मरणीय समेत रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस