बेथानचोक गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ चैत्र ७, शनिबार मा प्रकाशित ५२७ पटक पढिएको
बेथानचोक गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

चैत ७, काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको आठौं गाउँसभा  सम्पन्न भएको छ । गाउँसभा निकै महत्वपुर्ण मानिएका शिक्षा सम्बन्धि बिधयक र पर्यटन सूचना केन्द्र सन्चालन लगाएत बिधयकहरु पारित गर्दै सम्पन्न भएको हो ।

गाउँसभाले संसोधित बजेट र कार्यपालिकाबाट पारित बिधयकहरुलाई अनुमोदन गरेको छ । प्रत्येक वडाका मुख्य सडकका मुख्य चोकहरुमा यात्रु प्रतीक्षालय र कृषिमा पकेट क्षेत्रको बिकासको नयाँ मोडलमा लैजाने जस्ता जनतालाई प्रत्येक्ष प्रभाव र लाभ पुग्ने जनअपेक्षा अनुसारका कार्यक्रमलाई अध्यक्ष तिमल्सिनाले प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाबाट पारित भएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रममा ६ वटै वडाका अध्यक्षहरु आफ्नो वडागत कार्यक्रम र समग्र गाउँपालिकाको बिकाशका बारेमा सभालाइ जानकारी दिदै जनअपेक्षा अनुसारकै कामहरु भइराखेको बताए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको गाउँसभा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भन्डारीले संचालन गरेका हुन् ।

गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने ले स्वागत मन्तव्य र समग्र गाउँपालिकाको आर्थिक राजस्व प्रणाली र भइराखेको प्रगति सहितको संक्षिप्त भनाइ राखेकि थिईन् । यसैगरी गाउँपालिकाबाट प्रत्येक विषयगत शाखाले हालसम्म गरेको कार्यप्रगती र आगामी लक्ष्यका बारेमा जानाकारी दिएको थियो । गाउँसभा सदस्यहरुले अझै उर्जाशिल भएर काम गर्न गाउँपालिका कर्मचारीहरुलाइ सुझाव दिएको लेखा अधिकृत बिदुर गिरिले जानकारी दिए । जनता र जनप्रतिनिधिहरुले पेश गरेको सुझाव र निर्धारित नीति कार्यक्रम कार्यन्वयनमा थप जिम्मेवार भएर काममा लाग्न गाउँपालिका अध्यक्ष तिमल्सिनाले निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस