बेथानचोक नारायणस्थान भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

नौलो समाचार संवाददाता
२०७७ चैत्र ८, आईतबार मा प्रकाशित ७४० पटक पढिएको
बेथानचोक नारायणस्थान भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो

चैत ८, काभ्रे । काभ्रेको दक्षिण भेगमा पर्ने बेथानचोक नारायणस्थानडाॅंडाको भिरबाट खसेका युवाको शव सेनाले निकालेको छ। नेपाली सेनाले बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेका हुन ।

शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।

चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनीएको छ ।

प्रतिक्रिया दिनुहोस